Monday 22 August 2011

गीत


गीत
                                         
                                   नवीन लामा `सुरेश`
डुबीजाने घाम रहिछौ, सुकीजाने मुल तिमी 
झझल्कोमा सँधै आउने,रहिछौ मिठो भुल तिमी!! 

के भरोसा रह्यो अब, मुहान सुकी गए पछी 
रित्तो भएँ खाली-खाली, आँशु लुटी लगे पछी 
तिम्रै लागि रोइ दिएँ, आँशुको मूल सुक्यो मेरो 
अनायसै चस्किएर , निर्दोष मुटु दुख्यो मेरो!! 

सपनी मै रहेछु म`त, निंद टुट्यो चाल पाएँ 
बिना कारण चोट पाउने, किन यस्तो प्रीत लाएँ ? 
भबिस्यलाई हेर्दा-हेर्दै, बर्तमान नै चुक्यो मेरो 
अनायसै चस्किएर  , निर्दोष  मुटु दुख्यो मेरो!!

डुबीजाने घाम रहिछौ, सुकीजाने मुल तिमी 
झझल्कोमा सँधै आउने,रहिछौ मिठो भुल तिमी!! 

पृथ्वीनगर १ झापा नेपाल 

No comments:

Post a Comment