Friday 26 August 2011

गीत



 गीत 
                                नवीन लामा `सुरेश`

मलाई गर्ने माया तिम्ले आज अन्तै सार्यौ किन ?
मेरो सामु झार्ने आँशु आज अन्तै झार्यौ किन ?


मेरो माया तिम्रै लागी थियो जुनी भरिलाई
हुन्थे म`त सँधै तयार तिम्रो लागी मर्नलाई//
चोखो हाम्रो नाता थियो आज फाटो पार्यौ किन ?
मेरो सामु झार्ने आँशु आज अन्तै झार्यौ किन ?

जिन्दगीको हरेक पल तिमी सँगै जिउँछु भन्थ्यौ
फाटे पनि हाम्रो साइनो प्रेम गरी सिउँछु भन्थ्यौ//
सँगै खोली तर्छु भनी आज एक्लै तर्यौ किन ?
मेरो सामु झार्ने आँशु आज अन्तै झार्यौ किन ?

माया गर्ने मुटु मेरो छिँया छिँया पार्यौ किन ?
मलाई गर्ने माया तिम्ले आज अन्तै सार्यौ किन ?

"पृथ्वीनगर १ झापा नेपाल "



No comments:

Post a Comment