Thursday 6 September 2012

गीत


पर्दा जस्तै तिम्रो मायाँ पीर ब्यथा छोपीदिने
कला जस्तै तिम्रो मायाँ नयाँ रङ्ग भरिदिने //

तिम्रो एक मुस्कानसँगै बहार आयो जिन्दगीमा
जादु गर्यौ यस्तो प्रिय ! खुसी छायो जिन्दगीमा
सुवास छर्दै मगमगाउने आँगनीको डिलभरी 
फूल जस्तै तिम्रो मायाँ डाली-डाली फुलिदिने //

सहयात्री बन्यौ तिमी जीवन आफै जीत बन्यो
खुशीहरु फूल्न थाले जीवन मिठो प्रीत बन्यो 
बेग्ला-बेग्लै धार बनी बगीजाने खोलीको त्यो
पूल जस्तै तिम्रो मायाँ किनारालाई जोडिदिने //

पर्दा जस्तै तिम्रो मायाँ पीर ब्यथा छोपीदिने
कला जस्तै तिम्रो मायाँ नयाँ रङ्ग भरिदिने //

नवीन लामा `सुरेश`
पृथ्वीनगर १ झापा नेपाल

No comments:

Post a Comment