Thursday 1 September 2011

कविता


दर्शन मझेराको
                                     नवीन लामा `सुरेश`

सौम्य वातावरणमा गमक्क परेको वायुमण्डल
शिशिरको प्रतिक्षामा ओइलाएको क्याक्टस
बसन्तको बहारमा पात झरेको रुखहरु
आफ्नै अधिनमा खुशहाल थिए !!




आफु आफैलाई भाग्यमानी ठान्दैछु म
मेरो आगमनमा खुशीले गदगद हुँदै
त्यो वायुमण्डल!
त्यो क्याक्टस!
अनी ति पात झरेका रुखहरु
मेरै स्वागतको निम्ती रेतहरु बर्साउँदै थिए!!

सुनेको थिएँ मरुभुमीमा
सिऊँडी फक्रन्छ, त्यो देखेर
ओएसिस मुस्कुराउँछ
तर यहाँ त एउटा जिन्दगी सुस्ताएर
हजारौँ जिन्दगी मुस्कुराएको देख्दैछु म!

यीनै बञ्जर मरुस्थलका
अमुर्त प्राणीहरुको संगतले आज मेरो जीवन
बोधगम्य भएको भान गर्दैछु ।
अजीबको मित्रता अनि रहर लाग्दो जिन्दगी
तिनै मित्रहरुको सहयोगमा मेरो खुशी खोज्ने दिलासा
यो ऊँटबस्तीको मालिकहरु दिलाउँदै थिए!!

यदा-कदा मात्रै हरियाली देख्न पाइने
यो बञ्जर मरुस्थलमा साँच्चै भाग्मानी म
किनभने मेरो आश्रयस्थल यहाँको निकै मनमोहक
अनी दुर्लभ हरियाली भित्र पर्ने
मझेरामा थियो!!!


"पृथ्वीनगर १ झापा नेपाल "

No comments:

Post a Comment