Thursday 6 September 2012

गीत


पर्दा जस्तै तिम्रो मायाँ पीर ब्यथा छोपीदिने
कला जस्तै तिम्रो मायाँ नयाँ रङ्ग भरिदिने //

तिम्रो एक मुस्कानसँगै बहार आयो जिन्दगीमा
जादु गर्यौ यस्तो प्रिय ! खुसी छायो जिन्दगीमा
सुवास छर्दै मगमगाउने आँगनीको डिलभरी 
फूल जस्तै तिम्रो मायाँ डाली-डाली फुलिदिने //

सहयात्री बन्यौ तिमी जीवन आफै जीत बन्यो
खुशीहरु फूल्न थाले जीवन मिठो प्रीत बन्यो 
बेग्ला-बेग्लै धार बनी बगीजाने खोलीको त्यो
पूल जस्तै तिम्रो मायाँ किनारालाई जोडिदिने //

पर्दा जस्तै तिम्रो मायाँ पीर ब्यथा छोपीदिने
कला जस्तै तिम्रो मायाँ नयाँ रङ्ग भरिदिने //

नवीन लामा `सुरेश`
पृथ्वीनगर १ झापा नेपाल

Friday 23 September 2011

गीत


गीत 
                            नवीन लामा `सुरेश` 


उन्को प्राण फिर्छ भनी आफ्नो श्वास रोकी हेरेँ
कतै छु कि सपनीमा आफ्नै औँला टोकी हेरेँ !!

न`त रुन सकेँ मैले न`त बिदा गर्न उनलाई 
बिर्सीदियो दैवले`नी मैले गर्या सबै गुनलाई 
भूल हो कि नजरको आँखा पनि छोपी हेरेँ
कतै छु कि सपनीमा आफ्नै औँला टोकी हेरेँ !!

Thursday 1 September 2011

कविता


दर्शन मझेराको
                                     नवीन लामा `सुरेश`

सौम्य वातावरणमा गमक्क परेको वायुमण्डल
शिशिरको प्रतिक्षामा ओइलाएको क्याक्टस
बसन्तको बहारमा पात झरेको रुखहरु
आफ्नै अधिनमा खुशहाल थिए !!


Saturday 27 August 2011

मुक्तक


मुक्तक 


जनता`नै दोषी देख्छु, नेता दोषी है`न भन्छु  
जनतालाई बाँध्ने कानुन हाम्रो देशमा छैन भन्छु!!


बिद्रोहमा त्याग गरेँ, र त तिम्ले नेता चुन्यौ!
तिम्रै कारण नेता भएँ, म आफै त भै`न भन्छु!! 

Friday 26 August 2011

गेडी



गेडी 
                                 नवीन लामा `सुरेश` 

आउँदैछु गाउँमा प्रवास त्यो छोडेर
खुशीहरु साथैमा मनभरी गोडेर//
थाकिन
गाउँघर भुल्न सकिनँ//

गीत



 गीत 
                                नवीन लामा `सुरेश`

मलाई गर्ने माया तिम्ले आज अन्तै सार्यौ किन ?
मेरो सामु झार्ने आँशु आज अन्तै झार्यौ किन ?


मेरो माया तिम्रै लागी थियो जुनी भरिलाई
हुन्थे म`त सँधै तयार तिम्रो लागी मर्नलाई//
चोखो हाम्रो नाता थियो आज फाटो पार्यौ किन ?
मेरो सामु झार्ने आँशु आज अन्तै झार्यौ किन ?

गीत

                                          नवीन लामा `सुरेश` 
यौटै थियो तिम्रो मेरो मायाँ गर्ने मन 
के कुराले चोट पार्यो तिम्रो दिलमा भन !!
  
मेरो हाँसो तिमी थियौ मेरो आँशु तिमी
पीडा सबै भुल्थेँ मैले साथ हुँदा तिमी 
यौटै थियो चोट लाग्दा दुख्ने हाम्रो तन 
के कुराले चोट पार्यो तिम्रो दिलमा भन !!