Friday 26 August 2011

गीत

                                          नवीन लामा `सुरेश` 
यौटै थियो तिम्रो मेरो मायाँ गर्ने मन 
के कुराले चोट पार्यो तिम्रो दिलमा भन !!
  
मेरो हाँसो तिमी थियौ मेरो आँशु तिमी
पीडा सबै भुल्थेँ मैले साथ हुँदा तिमी 
यौटै थियो चोट लाग्दा दुख्ने हाम्रो तन 
के कुराले चोट पार्यो तिम्रो दिलमा भन !!





छोडी गयौ आज तिम्ले दोधारमा पारी 
दु:ख जती मलाई छोडी सुख अन्तै सारी 
चोखो मायाँ बिर्सिएर अङ्गाल्यौ कि धन ? 
के कुराले चोट पार्यो तिम्रो दिलमा भन !!

यौटै थियो तिम्रो मेरो मायाँ गर्ने मन 
के कुराले चोट पार्यो तिम्रो दिलमा भन !!

"पृथ्वीनगर १ झापा 
नेपाल"

No comments:

Post a Comment