Saturday, 27 August 2011

मुक्तक


मुक्तक 


जनता`नै दोषी देख्छु, नेता दोषी है`न भन्छु  
जनतालाई बाँध्ने कानुन हाम्रो देशमा छैन भन्छु!!


बिद्रोहमा त्याग गरेँ, र त तिम्ले नेता चुन्यौ!
तिम्रै कारण नेता भएँ, म आफै त भै`न भन्छु!! 

Friday, 26 August 2011

गेडी



गेडी 
                                 नवीन लामा `सुरेश` 

आउँदैछु गाउँमा प्रवास त्यो छोडेर
खुशीहरु साथैमा मनभरी गोडेर//
थाकिन
गाउँघर भुल्न सकिनँ//

गीत



 गीत 
                                नवीन लामा `सुरेश`

मलाई गर्ने माया तिम्ले आज अन्तै सार्यौ किन ?
मेरो सामु झार्ने आँशु आज अन्तै झार्यौ किन ?


मेरो माया तिम्रै लागी थियो जुनी भरिलाई
हुन्थे म`त सँधै तयार तिम्रो लागी मर्नलाई//
चोखो हाम्रो नाता थियो आज फाटो पार्यौ किन ?
मेरो सामु झार्ने आँशु आज अन्तै झार्यौ किन ?

गीत

                                          नवीन लामा `सुरेश` 
यौटै थियो तिम्रो मेरो मायाँ गर्ने मन 
के कुराले चोट पार्यो तिम्रो दिलमा भन !!
  
मेरो हाँसो तिमी थियौ मेरो आँशु तिमी
पीडा सबै भुल्थेँ मैले साथ हुँदा तिमी 
यौटै थियो चोट लाग्दा दुख्ने हाम्रो तन 
के कुराले चोट पार्यो तिम्रो दिलमा भन !!


Thursday, 25 August 2011

कविता


खेमा
                                                                               नवीन लामा `सुरेश` 
छरपष्ट आशाका किरणहरु 
सौन्दर्य बनेको क्याक्टस 
त्यो मरुभुमिको हेर्दै लोभ लाग्दो 
हावाको बेग सँग छचल्किएको त्यो मरुभुमीय मोती 
रेतहरु!

आहा! जिउनुको मजा यहाँ जस्तो कहाँ होला ? 
कुन त्यस्तो शहर होला ? 
अनी कस्तो अजिब रहर होला ? 
जिउने अनि जीवन देखाउने ?
एक झोक्का समुन्द्री हावाले 
पछारेको चिसो बतास जस्तै अदभुत तृष्णाहरु 
उज्यालो त्यो उँटबस्तीहरु लहरै लागेका जिन्दगीहरु 
रेतको घुम्टो ओढी लजाएको क्षितिज 
यौवनका अन्तरिम रहरहरु !!

Wednesday, 24 August 2011

गजल


 Ghazal
                                       नवीन लामा `सुरेश` 


शुन्य शुन्य रङ्गमंच एक्लै नाँच्न मन लाग्यो 
आफ्नै त हो पीर ब्यथा सबै साँच्न मन लाग्यो !!

धर्ती छाडी आकाशमा उड्ने मेरो रहर थियो
धुलो संगै प्रीत बस्यो रहर मास्न मन लाग्यो !!

कविता


स्थायित्वका अबोध गोरेटाहरु

                                                               नवीन लामा `सुरेश`

चिहाएर क्षितिजमा 
देखिन्छ कि नौलो बिहानी भनेर
हेर्दैछु म !

धमिलो यौटा तारा चम्किने प्रयत्न गर्दै
उदाएको छ त्यो निलो आकाशमा,
तेतिकैमा यौटा झलमल्ल लामपुछ्रे
उस्को त्यो प्रयत्नको बिरोधी भएको
आभास गर्दैछु !